
नेपाल सरकारका मन्त्रीहरूको 'क्वार्टर' रहेको ललितपुरको हरिहरभवनस्थित सडकको दृश्य हो यो । झट्ट हेर्दा सामान्य जस्तो लाग्ने यो तस्वीरलाई गहिरो गरी हेर्दा स–साना पासो देखिन्छ, जहाँ दैनिकजसो पैदल यात्रुहरू फसिरहेका छन् । सडक किनारामा रोपिएका बिरुवा संरक्षणका लागि शुरूमा बार लगाइएको थियो । बिरुवा हुर्केसँगै बाहिर लगाइएका बार हटाइयो । तर बार अड्याउन गाडिएका फलामका टुक्रा यत्तिकै छाडिएको छ । जमिनको सतहभन्दा माथिबाट काटिएका कारण फलामका ती टुक्रामा पैदलयात्रु अड्किएर लडेका दृश्य दिनदिनै देख्न सकिन्छ । सेतो छडीको भरमा हिँड्ने दृष्टिविहीनहरू त अझ मारमा छन् । देख्दा सामान्य, तर पैदलयात्रुका लागि धराप बनेका फलामका यी टुक्रा हटाउन सम्बन्धित निकायको ध्यान कहिले जाला ? कि यत्तिकै छाडिराख्ने ?
सडक दुर्घटनाले मात्रै नेपालको कूल गार्हस्थ उत्पादनको करीब ०.८ प्रतिशत आर्थिक क्षति हुने अनुमान छ । सडक निर्माणकै कारण पहाडी क्षेत्रमा सबैभन्दा बढी पहिरो जाने ग...
पूरा समाचारस्थानीय तह निर्वाचन रिपोर्टिङको क्रममा मधेश प्रदेशमा लोकान्तरकर्मीहरू चहारिरहेका थियौं । जनकपुरबाट सिरहाको लहान र सप्तरी हुँदै प्रदेश–१ प्रवेश गर्नेक्रमम...
पूरा समाचार