नेपालले ४ विकेटले हरायो नेदरल्यान्ड्सलाई

असोज २०, २०७६

काठमाडौं – ओमानको अल अमेरातमा चलिरहेको ओमान पेन्टांगुलर टी२० शृंखलामा सोमवार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई चार विकेटले हराएको छ । 

नेपालको जीतमा करन केसी नायक रहे । उनले १४ बलको सामना गरेर २२१.४२ को स्ट्राइक रेटमा नटआउट ३१ रन बनाएर नेपाललाई विजयी बनाएका हुन् । त्यसका साथै उनले १७ रन खर्चेर चार विकेट समेत हात पारेका थिए ।


ADVERTISEMENT

टस जितेर फील्डिङ रोजेको नेपालले नेदरल्यान्ड्सलाई १९.३ ओभरमा अलआउट गरेको छ । नेदरल्यान्ड्सले १३३ रन मात्र बनाउन सकेको थियो । त्यसमा म्याक्स ओदाउदको ४३ रनको सर्वाधिक योगदान रह्यो ।

नेपालका लागि करन केसीको चार विकेटसँगै सन्दीप लामिछानेले पनि चार विकेट हात पारे । 

ब्याटिङ गर्दा नेपालले लगातार विकेट गुमाउँदै गएको भए पनि करन केसीले इनिङ सम्हाल्दै तीव्र गतिमा रन बनाए । उनको ३१ रनसँगै कप्तान पारस खड्काको ३३ र विकेटकीपर ब्याट्स्म्यान विनोद भण्डारीको २६ रनको योगदान रह्यो । नेपालले १९.५ ओभरमा लक्ष्य हासिल गरेको हो ।

ब्याट र बल दुवैमा उम्दा प्रदर्शन गरेका केसी म्यान अफ द म्याच घोषित भएका छन् ।  

असोज २०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस