चिसो समयमा छालालाई सुन्दर कसरी बनाउने ? (तरिकासहित)

असोज २२, २०७६

काठमाडौं –चिसो महिनामा छालामा धेरै परिवर्तन आउँछ । सूख्खापनले छालाहरु निकै नराम्रा हुन्छन् ।

चिसो महिनामा छालाको सबैभन्दा बढी ख्याल गर्नुपर्ने हुन्छ । हामीले मौसमको बदलीलाई रोक्न सक्दैनौं तर जीवनशैलीलाई बदलेर आफ्नो छाला सुन्दर एवम् स्वस्थ बनाउँन सक्छौं ।


ADVERTISEMENT

छालालाई सुन्दर कसरी बनाउने ?  

सबैभन्दा पहिले धेरै तातो पानीले ननुहाउने  र मनतातो पानीले नुहाउने । तातो पानीले छालाको प्राकृतिक चिल्लोपना हटाइदिन्छ जसका कारण छाला सूख्खा हुन जान्छ । 

छाला सूख्खा भएमा अनुहार वा अन्य शरीरमा साबुनको कम प्रयोग गर्नुपर्छ । साबुनले छालालाई सुख्खा बनाउँछ । 

फेश वास वा बडी वाशको पोटेशियम हाइड्रोक्साइड शरीरको छालाको पोटाशीयम हाइड्रोक्साइडले एउटै काम गर्छ, जसको प्रयोगबाट छालामा सुख्खापन कम हुन्छ । 

अनुहारमा धेरै नै सुख्खापनको महसूस भएमा अनुहारमा साबुन या फेसवाश प्रयोग नगर्ने । यसको साटोमा क्लीजिंग मिल्क ले अनुहार सफा गर्ने , यसबाहेक अल्कोहल फ्री टोनर र मोश्चुराइजरको प्रयोग गरेमा पनि सूख्खापन कम हुन्छ ।

छाला सूख्खा भएमा शरीरको लागि बडी लोशन  वा बडी बटरको प्रयोग गर्ने । अनुहारका लागि भने मोइस्चराइजर प्रयोग गर्ने । मौइस्चराइजर र बडी लोशन किन्ने समयमा यो ध्यान दिनुपर्छ कि, यसमा शीया बटर, कोकोआ बटर, बदाम, जैतूनजस्ता प्राकृतिक तेलको मिसावट हुनुपर्छ । 

यदि छालामा धेरै नै तेल देखियो भने यो सम्झनुपर्छ कि, शरीरमा पानीको कमी भयो । यस समय अनुहारमा एक जेल बेस्ड मोइस्चराइजरको आवश्यक हुन्छ जसमा तेल हुँदैन भने एलोभेरा, ग्लिसरीन, हैलुरोनिक एसिड लगायतका मोइस्चराइजिंग एजेन्टहरू हुन्छ । 

जति धेरै पानी पियो, छाला पनि त्यति नै धेरै स्वस्थ हुन्छ । चिसो महिनामा कम तिर्खा लागेपनि बदलिँदो मौसमका कारण शरीरलाई भने कम्तीमा पनि ८ गिलास पानी आवश्यक पर्ने चिकित्सकहरू बताउँछन् ।

बजारमा पाइने खानेकुराको साटोमा पौष्टिक खाना खाने गर्नुपर्छ । त्यस्तै छालालाई सुन्दर एवम् स्वस्थ राख्न फलफूल तथा सागसब्जिको धेरै नै प्रयोग गर्नुपर्छ । 
 

असोज २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस