आज पनि घट्यो सुनचाँदीको भाउ, कति छ मूल्य ?

कात्तिक १९, २०७६

काठमाडौं –नेपाली बजारमा मंगलवार सुनको भाउमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाल सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । 


ADVERTISEMENT

मंगलवार तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार, मंगलवार चाँदी ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भएको थियाे । 

कात्तिक १९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस