दिनको आधा घन्टा मात्र व्यायाम गर्दा पनि अवसाद १७ प्रतिशतले घट्ने

कात्तिक २०, २०७६

काठमाडौं – नियमित रूपमा व्यायाम गर्दा अवसाद अर्थात् डिप्रेसनको सम्भावना घट्ने देखिएको छ । 

हप्ताको चार घन्टा व्यायाम गर्ने वयस्कहरूमा अवसादको सम्भावना १७ प्रतिशतले घटेको देखिएको वैज्ञानिकहरूले पाए । 


ADVERTISEMENT

दिनको जम्मा आधा घन्टा शारीरिक गतिविधि गर्दा पनि सकारात्मक असर पर्ने हार्वर्ड विश्वविद्यालयका अनुसन्धाताहरूले पत्ता लगाए । 

अनि योग र नृत्य गर्दा पनि जिममा पसिना बगाएजत्तिकै फाइदा शरीरलाई पुग्ने पाइएको छ । 

डा कार्मेल चोइ र उनका सहकर्मीहरूले पार्टनर्स हेल्थकेयर बायोबैंकमा आठ हजार सहभागीबाट आँकडा संकलन गरेका थिए । 

बायोबैंक दीर्घकालीन अनुसन्धान कार्यक्रम हो र यसबाट वैज्ञानिकहरूले जिनहरू कसरी स्वास्थ्य परिणाममा असर पार्छन् भन्ने कुरा बुझ्न वैज्ञानिकहरूलाई सहायता पुग्छ । 

बायोबैंकमा भाग लिँदा सहभागीहरूले आफ्नो जीवनशैली, बानीबेहारा र व्यायामको स्तरका बारेमा प्रश्नको उत्तर दिएका थिए । 

दुई वर्षको अवधिमा अनुसन्धाताहरूले यो जानकारीलाई रोगीको स्वास्थ्य रेकर्डसँग दाँजे र अवसाद भएका मानिसलाई विशेष निगरानी गरे । 

जिनमै अवसादको सम्भावना भएका मानिसहरूले व्यायाम गर्दा अवसाद हुने सम्भावना १७ प्रतिशतले घटेको पाइयो ।

व्यायाममा पनि दौडिने र हिँड्ने गर्दा अवसाद घट्ने सम्भावना क्रमशः १३ र ११ प्रतिशतले घटेको पाइयो । 

तर जगिङ गर्दा, पौडी खेल्दा र र्‍याकेट खेल्दा कुनै लाभकारी असर देखिएन ।

एजेन्सी

कात्तिक २०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस