महिलाको झोलाभित्र भएको वस्तु थतर्किएपछि आतंक

कात्तिक २२, २०७६

काठमाडौं – अस्ट्रियाको राजधानी भिएनामा रहेको एक संगीतगृहमा एकजना महिलाको झोलाभित्र रहेको वस्तु थतर्किंदा आतंक फैलिएको छ ।

कोन्चेर्टहाउसमा सशस्त्र अधिकारीहरू अनि बम निष्क्रिय पार्ने टोली पुगेर थतर्किने वस्तु राखेको झोलाको जाँचपडताल गरे । बम छ कि भनी उनीहरूले खोजबीन गरेका हुन् । 


ADVERTISEMENT

संगीत सुन्न आउने व्यक्तिहरूले ल्याउने ब्यागलाई एउटा कोठमा राख्ने गरिन्छ । झोला व्यवस्थापन गर्ने व्यक्तिले एउटा झोला थतर्किएको थाहा पाएपछि तत्कालै प्रहरीलाई खबर गरे । 

कन्सर्ट हलको मुख्य अडिटोरियममा १८ सय ४६ सीट छन् भने अलि सानो मोजार्ट अडिटोरियममा ७०४ सीट छन् । शुबर्ट अडिटोरियममा भने जम्मा ३३६ सीट छन् । 

त्यहाँ विश्वका प्रख्यात अर्केस्ट्राहरूले सांगीतिक प्रस्तुति दिइरहेका हुन्छन् । 

विभिन्न उपकरण लगाएर बमको खोजी गरिएपनि बम भेटिएन । अनि एक्सरे मशिनले हेर्दा झोलाभित्र भाइब्रेटर देखियो । भाइब्रेटर एक सेक्स टोय हो ।

घटनाले संगीत समारोहलाई विघ्न गरेन । कार्यक्रम सकिएपछि झोला मालिकलाई झोला फर्काइयो । 

एजेन्सी
 

कात्तिक २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस