शूटिङका क्रममा अक्षय कुमार घाइते

कात्तिक २३, २०७६

काठमाडौं – रोहित शेट्टीको आगामी चलचित्र 'सूर्यवंशी'को शूटिङको समयमा अक्षय कुमार घाइते भएका थिए ।

एक सीनमा काम गर्दैगर्दा अक्षयको हातमा चोट लागेको थियो । उपचारपछि उनी पुनः शूटिङमा फर्किएका छन् ।


ADVERTISEMENT

अहिले 'सूर्यवंशी'को शूटिङ धमाधम भइरहेको छ । चलचित्रमा कटरीना कैफको मूख्य भूमिका रहनेछ भने रणवीर सि)ह र अजय देवगन पनि रहनेछन् । आगामी मार्च २७ मा चलचित्र प्रदर्शन हुने बताइएको छ । 

सूर्यवंशीमा अक्षय कुमारले प्रहरीको भूमिका निभाएका छन् । जसको सीन शूटिङ गर्दा उनी घाइते भएका हुन् । उनको बायाँ हातमा नसामा असर गरेको थियो । उपचार पछि उनले पुनः शूटिङ शुरू गरेका हुन् । 

चर्चित निर्माता रोहित शेट्टी र करण जौहरको निर्माणमा रहेको यो चलचित्रका सीनहरू बैंकक, हैदरावाद र मुम्बईको भएको बताइएको छ । एजेन्सी

कात्तिक २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस