सबै सल्लाहकारको राजीनामा माग्दै प्रधानमन्त्री ओलीले भने – म नयाँ शिराबाट अगाडि बढ्न चाहन्छु !

कात्तिक २३, २०७६

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय र सल्लाहकार समूहका सबै सदस्यलाई राजीनामा दिन निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको कार्यशैलीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सल्लाहकार र सचिवालयका सदस्यलाई ओलीले शुक्रवार सामूहिक रुपमा राजीनामा दिन निर्देशन दिएका छन् ।


ADVERTISEMENT

प्रधानमन्त्री ओलीको निर्देशन बमोजिम सबै सल्लाहकार र सचिवालय सदस्यले राजीनामा दिने तयारी गरेका छन् ।

‘सबैलाई राजीनामा दिन सामूहिक रुपमा भन्नुभएको हो, उहाँले म नयाँ शिराबाट अगाडि बढ्न चाहन्छु भन्नुभएको छ । त्यसै अनुसार राजीनामा दिन्छौं,’ प्रधानमन्त्रीका एक सल्लाहकारले भने, ‘आवश्यक परेका व्यक्तिलाई फेरि बोलाउँछु, अहिले ठाउँ खाली गरिदिनुस् भन्नुभएको छ ।’

प्रधानमन्त्रीको निर्देशन अनुसार मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस सल्लाहकार कुन्दन अर्याल, सूचना प्रविधि सल्लाहकार अस्गर अली, स्वकीय सचिव इन्द्र भण्डारी लगायत राजीनामा दिने छन् ।

 

कात्तिक २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस