भयंकर आँधी चल्दा पनि पाइलटले गरे विमान अवतरण

कात्तिक २३, २०७६

काठमाडौं — बेलायतको ब्रिस्टोल विमानस्थलमा एक विमानचालकले आँधी चलिरहेको बेलामा समझदारीका साथ विमान अवतरण गराएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

बेलायतमा भएको यो घटनाको भिडियोमा देखिन्छ – टीयूआई एयरवेजको विमान अवतरणका बेलामा आँधी चलिरहेको हुन्छ तर पाइलटले सुझबुझका साथ बल्लबल्ल विमान अवतरण गराउँछन् । 

पाइलटले अन्तिम समयमा विमानको दिशा मोड्छन् र सुरक्षित अवतरण गराउन सफल हुन्छन् । भिडियो हेरेर सबैजनाले पाइलटको प्रशंसा गरेका छन् । उनलाई सामाजिक सञ्जालमा नायक मानिएको छ । 

आँधी चलेको दिशातिरै विमान अवतरण गराएको भए ठूलो दुर्घटना हुन्थ्यो तर विमानचालकले अर्को दिशामा सुरक्षित अवतरण गराउन सफल भएका हुन् ।


ADVERTISEMENT

कात्तिक २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस