लोकपप गायक सुनिल गिरीको 'रोगै पिरती' बोलको गीत यूट्युब ट्रेन्डिङमा आएको छ ।
केही दिनअघि रिलिज गीत अहिले यूट्युब ट्रेन्डिङको छैठौं नम्बरमा छ ।
यो समाचार तयार पार्दासम्म गीतलाई ६ लाख ८२ हजारभन्दा बढी पटक हेरिएको छ ।
गीतको शब्द संगीत गिरी स्वयंकै रहेको छ ।
सार्वजनिक गीतको भिडियोमा सुनिल गिरी, सदिक्षा क्षेत्री र विनोद अधिकारीको अभिनय रहेको छ ।
को होला त्यो, सुनको चुरा, कस्तो यो मन, यात्री, जाम क्यारे माया लगायतका गीत हिट छन् ।
भिडियो हेर्नुहोस् :
लोकान्तर संवाददाता