सुरक्षाको नयाँ रणनीति अवलम्बन गरिएकाे छ : गृहमन्त्री थापा

गृहमन्त्री थापाले शान्ति सुरक्षालाई थप सुदृढ बनाउन सुरक्षाको नयाँ रणनीति अवलम्बन गरिएको बताएका छन्।

हटौँडामा आयोजित बागमती प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठीमा मन्त्री थापाले सुशासन कायम नभए विकास र विकास नभए समृद्धि प्राप्त नहुने भएकोले सुशासन ल्याउन कटिबद्ध हुनुपर्ने बताए। राष्ट्रलाई समृद्ध र नागरिकलाई सुखी बनाउने लक्ष्य प्राप्तिका लागि योजनावद्ध तरिकाले तत्काल कार्यान्वयनमा जानुपर्ने आवश्यकता रहेको उनले औँल्याए।


Advertisement

शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकाय सफल भएको मन्त्री थापाको भनाइ छ। उनले आर्थिक अपराध, महिला हिंसा, तस्करी र लागूऔषध कारोबार नियन्त्रणमा समुदाय(प्रहरी साझेदारी मार्फत अझै बढी सक्रिय हुनुपर्ने बताए।

अवाञ्छित गतिविधि गर्ने तथा शान्ति सुरक्षामा खलल पुर्‍याउने तत्वलाई निस्तेज गर्नुपर्ने उनको भनाइ छ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्