ओली-प्रचण्डबीच बालुवाटारमा भेटघाट, संविधान संशोधन लगायत विषयमा छलफल

फाइल तस्वीर

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको छ ।

सोमवार बिहान १० बजे प्रधानमन्त्रीसमेत रहेका ओलीसँग भेट गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।


Advertisement

भेटमा समसामयीक राजनीतिक विषयवस्तुबारे छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

मन्त्रिपरिषद बिस्तार, राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्ने विषय, एमसीसी कार्यदलले बुझाएको प्रतिवेदन लगायत कतिपय विषयहरूमा छलफल गरेर निचोड निकाल्ने प्रयास भइरहेको बालुवाटार स्रोतको दाबी छ ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्