यसपालि लिभरपूललाई प्रेमियर लीग जित्नबाट कसैले रोक्न सक्दैन

यस सीजनमा लिभरपूललाई कसैले पनि हराउन सकेको छैन । उसलाई देखेर विपक्षीहरू डराउँछन् पनि, प्रशंसा पनि गर्छन् । 

लिभरपूलले लगातार १८ म्याच जितेर प्रेमियर लीगमा इतिहासको बराबरी गरेको छ । टीमलाई देखेर दर्शकहरू दंग छन् । क्लबले कसरी लगातार खेल जितिरहेको छ ? 


Advertisement

यस सीजनको प्रेमियर लीगको विजेताको छिनोफानो लगभग भइसकेको मान्नुपर्छ । यस सीजनमा कुल २७ खेल खेलेकोमा लिभरपूलले २६ खेल जितिसकेको छ । पहिलापहिला अवसर पाउँदा पनि लीग जित्न नसकेकको लिभरपूल

यसपालि चाहिँ अघि बढेको बढ्यै छ । टीमका ब्याकअप गोलकीपर एड्रियनले ट्वीट गरे, ‘अतिमानव !’


Advertisement

उनले गफ दिएका हैनन् । लिभरपूलले यस सीजनमा सन् १९९८–९९ मा म्यानचेस्टर युनाइटेडले जित्दाखेरी ल्याएको जति अंक ल्याइसकेको छ र सन् २००३–०४ मा आर्सनलका इन्भिन्सिबल्सले हासिल गरे जति जीत हासिल गरिसकेको छ । उसले गृहमैदानमा पछिल्ला २१ लीग म्याचहरू जितिसकेको छ जुन प्रेमियर लीगको कीर्तिमान हो । 

वेस्ट ह्यामले सोमवार एनफील्डमा लिभरपूललाई अप्ठ्यारै पारिसकेको थियो तर अन्ततोगत्वा ऊ पनि हारेरै एनफील्डबाट बाहिरियो । युर्गेन क्लोपको प्रशिक्षणमा रहेको टीमलाई रोक्नका लागि के गर्न सकिन्छ भनी अरूजस्तै ऊ पनि सोचिबस्यो । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्