बंगलादेश जाँदै वाणिज्य सचिव अर्याल नेतृत्वको टोली

सचिव बैकुण्ठ अर्याल

सरकारले नेपाल–बंगलादेश वाणिज्य सचिवस्तरीय उच्चस्तरीय संयन्त्रको पाँचौँ बैठकमा सहभागी हुन नेपालका तर्फबाट वार्ता टोली गठन गरेको छ। 

फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेशको ढाकामा हुने सो बैठकका लागि वार्ता टोली गठन गरेको हो। 


Advertisement

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य तथा आपूर्ति) डा बैकुण्ठ अर्यालको नेतृत्वमा ८ सदस्यीय वार्ता टोली गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।

वाणिज्य सचिवस्तरीय उच्चस्तरीय संयन्त्रको पाँचौ बैठक फागुन २० र २१ मा बंगलादेशको ढाकामा हुँदैछ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्