जनकपुर बमकाण्डका दोषी पूर्वराज्यमन्त्री साह भ्रष्टाचारी ठहर

विशेष अदालत काठमाडाैँले जनकपुर बमकाण्डमा दोषी ठहर भइ जन्मकैद सजाय काटिरहेका पूर्वराज्यमन्त्री सञ्जयकुमार साह ‘टक्ला’ लाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि दोषी ठहर गरेको छ। 

विशेष अदालतका न्यायाधीशहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजलाशले साहलाई ४ वर्ष कैद र १९ करोड ४४ लाख जरिवानाको फैसला सुनाएको हो।


Advertisement

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार उनीविरुद्ध भ्रष्टाचारमा जेल र जरिवाना तोकिएको हो। तर सम्पत्ति शुद्धीकरण मुद्दामा सजाय तोक्न बाँकी छ। सम्पत्ति शुद्धीकरण मुद्दामा २९ फागुनमा सजाय तोकिने गरी पेशी तोकिएको छ।

भौतिक पूर्वाधार राज्यमन्त्री रहेका बेला उनले अकूत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले २५ पुस ०७३  मा मुद्दा दायर गरेको थियो। त्यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १६ चैत ०७४ मा साहसहित १३ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। 


Advertisement

धनुषा जिल्ला अदालतले साहसहित ७ जनालाई जनकपुरको रामानन्द चोकमा भएको बम विष्फोट काण्डमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। जनकपुरमा ८ वैशाख ०६९ बम विस्फोट हुँदा ५ जनाको ज्यान गएको थियो। 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्