दिनभरि अफिसमा बसेर काम गर्नेलाई पिँडुलाको समस्या

घन्टौंसम्म एउटै ठाउँमा एउटै पोजिसनमा बसिरहँदा हाम्रो शरीरको अंगमा कुनै न कुनै समस्या आउँछ । तर ती समस्या शरीरमा हावी हुनुअघि नै शरीरले संकेत दिन थाल्छ । यसले पिँडुलामा पनि समस्या ल्याउँछ । 

हाम्रो शरीरमा कुनै रोग हावी हुनुअघि शरीरले अझै समय बाँकी छ, सुध्रिऊ नत्र बिरामी पर्छौ भनी संकेत दिन थाल्छ । तर काममा डुबेका हामी यी संकेतहरूलाई बेवास्ता गर्छौं र गम्भीर बिरामीको चक्करमा पर्छौं । 


Advertisement

पिँडुलामा पीडाका दुई मुख्य कारण हुन्छन् । पहिलो, पिँडुलाको अत्यधिक उपयोग गर्दा मांसपेशी तन्किन्छ र दुख्छ । दोस्रो, पिँडुलाको पटक्कै उपयोग नगर्दा मांसपेशी खुम्चिन्छ । 

पिँडुलामा पीडा, ऐंठन वा सुन्निने समस्या लगातार भएमा शरीरले व्यायाम र स्वस्थ आहारको आवश्यकता महसूस गरेको भनी बुझ्नुपर्छ । नत्र काम गर्न सक्ने क्षमता बिस्तारै घट्छ । 


Advertisement

कलेजो र पेटको समस्याले पनि पिँडुलामा पीडा हुन्छ । डेस्क जबमा लामो समय बसिरहँदा हाम्रो पाचन प्रणालीले राम्रोसँग काम गर्न सक्दैन । त्यसले अपच, ग्यास र अमिलो डकारको समस्या हुन्छन् । त्यसले पनि पिँडुलामा पीडा दिन्छ । 

हीलयुक्त जुत्ता लगाउने महिलाले दिनभरि हील लगाएर बस्दा र त्यो लगाएर हिँड्दा पनि पिँडुलामा पीडा हुन्छ । त्यसले गोडाको मांसपेशीमा बढी दबाब पर्छ । 

घन्टौंसम्म कुर्सीमा बस्दा शरीरमा विशेषगरी गोडामा रक्तसञ्चार ठीकसँग हुन सक्दैन । त्यसैले हाम्रा पिँडुलामा पीडा र ऐंठन हुन थाल्छ । अनि गोडाको नसा चढ्ने समस्या पनि आउँछ र हाम्रो हिँडडुलमा समस्या आउँछ । 

पिँडुलामा हुने पीडाले सुत्न पनि समस्या दिन्छ । पीडाका कारण हामी राम्ररी सुत्न पाउँदैनौं र निद्रा पूरा नहुँदा दिमागी थकान सहित शरीरमा अन्य रोग पनि लाग्न थाल्छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्