कोरोना प्रभाव : ५ मिनेटमा ६.५ लाख करोड रुपैयाँ स्वाहा

चीनको वुहानबाट शुरू भएको कोविड–१९ भनिने कोरोनाभाइरसले संसारभरि मान्छे मारिरहेको छ अनि शेयर बजार पनि ध्वस्त पारिरहेको छ । 

सन् २००८ को आर्थिक मन्दीपछि पहिलोपटक अमेरिकाको डाउ जोन्समा एक हप्तामा निकै गिरावट आयो । संसारभरिका बजारमा अहिले दबाबको स्थिति छ । 


Advertisement

भारतको शेयर बजार बीएसईमा पनि हंगामा मच्चिएको छ । जम्मा पाँच मिनेटमा लगानीकर्ताहरूको लगभग साढे ६ लाख करोड रुपैयाँ स्वाहा भएको छ । 

कोरोनाका कारण विश्व अर्थतन्त्रमा थप कहर आउने र त्यसको असर लामो समयसम्म देखिने लगानीकर्ताहरूको आशंका छ । कमर्स यान्ड इन्डस्ट्री समूह पीएचडीसीसीआईका अनुसार, कोरोनाका कारण विश्वको आर्थिक वृद्धि ०.३ प्रतिशतसम्म घट्न सक्छ । अर्थात् लगभग २३० अर्ब डलरको नोक्सानी हुन सक्छ । 


Advertisement

कोरोनाले गर्दा चीनको आपूर्तिमा बाधा आउने अनि चीनबाट आयात गर्ने देशको अर्थतन्त्रमा पनि असर पर्ने उक्त समूहले बताएको छ । 

अहिलेसम्म कोरोनाबाट संसारभरि २८ सय ५८ मानिसको मृत्यु भइसकेको छ भने ८३ हजार ३७९ जना संक्रमित भएका छन् । चीनबाहिर दक्षिण कोरिया, इरान र इटलीमा कोरोनाको प्रकोप बढी देखिएको छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्