५ रुपैयाँकाे मास्क ३१ रुपैयाँमा बेच्ने ८ जना पक्राउ

मास्कमा कालोबजारी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट ८ जनालाई पक्राउ गरेको छ

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीका अनुसार पाँच रुपैयाँ पर्ने मास्कलाई ३१ रुपैयाँसम्ममा विक्री गरेको पाइएपछि नियन्त्रणमा लिइएको हो।


Advertisement

पक्राउ पर्नेमा काभ्रेका मिन्टु तामाङ, सातदोबाटोका मानकाजी लामा, नागर्जुनका अनिष कार्की, एकान्तकुनाका थुमराज उपाध्याय, कोटेश्वरका नृप कार्की, नागार्जुनका उज्ज्वल अधिकारी, ललितपुरका शिव खड्का र स्वयम्भु का निशान तामाङ छन् ।

डल्लु आवासमा मिन्टु तामाङले सञ्चालन गरेको माहाकाल मन्जु श्री ट्रेर्डसबाट लुकाएर राखिएको ७८ हजार मास्क बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्