पत्नी हत्याको अभियोगमा पति पक्राउ

प्रतिकात्मक तस्वीर

पत्नीलाई हत्या गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । 

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–७ गाल्डुङका ६२ वर्षीय देवीराम विकलाई इलाका प्रहरी कार्यालय बुर्तिवाङको टोली बिहीवार बिहान उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 


Advertisement

बुधबार राति ९ बजेको समयमा ५० वर्षीया पत्नी गौरा विकलाई घरायसी झगडाका कारण फलामको गैची प्रहार गरी हत्या गरेको अभियोगमा देवीराम विकलाई पक्राउ गरेको बागलुङका प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिए ।

मादक पदार्थ सेवन गरेका देवीरामले सामान्य विवाद उत्पन्न भएपछि आवेगमा आएर पत्नीलाई गैची प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्या भएकी पत्नी गौराको शव बुहारी कल्पना विकलाई प्रहरीले जिम्मा लगाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्