बलात्कारपछि आकृतिको हत्या गर्ने पक्राउ

इलामको सूर्योदय नगरपालिकाकी–१७ वर्षीया आकृति राईका हत्यारालाई पक्राउ गरिएको छ ।

आकृतिको हत्या गर्ने छिमेकी रोशन राईलाई प्रहरीले पक्राउ गरेको हो ।


Advertisement

जिल्ला प्रहरी कार्यालय इलाममा बिहीवार पत्रकार सम्मेलन गर्दै हत्यारा सार्वजनिक गरिएको छ । 

गत मंगलबार ११ कक्षाको जाँच दिन विद्यालय हिँडेकी आकृतिलाई बलात्कार गरेर जंगलमा लगी हत्या गरेको रोशनले बयान गरेको इलामका प्रहरी प्रमुख हीराबहादुर पाण्डेले जानकारी दिए ।


Advertisement

आकृतिको हत्या गरेर माटोमा गाडेको अवस्थामा शव फेला परेको थियो । सूर्योदय नगरपालिका–१३ स्थित पोखरी (किराँत टोल) का पूर्णबहादुर राईकी छोरी आकृति स्थानीय ज्योति मावि ११ कक्षामा अध्यनरत थिइन् ।

युवती मंगलवार बिहान घरबाट परीक्षा लेख्न भनी हिँडेको तर विद्यालय नपुगेपछि खोजतलास शुरू गरिएको थियो । बुधवार दिउँसो अम्रिसो बारीमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीले घटनाको मुचुल्का उठाएर शव निकालेको थियो । शव परीक्षणका लागि बीपी स्वास्थ्य प्रतिष्ठान धोपा धरान पठाइएको छ । 

प्रहरी सामु रोशनले बलात्कार गरेको घटना सार्वजनिक गर्छु भनेपछि आकृतिलाई हत्या गरेको खुलाएका छन् । ढुंगाले टाउकोमा प्रहार गरेर हत्या गरेको र आफ्नै गाई बाँध्ने गोठ नजिकै रहेको अम्रिसो बारीमा गरेर खाल्डो खनेर गाडेको रोशनको बयान उदृत गर्दै प्रहरी प्रमुख पाण्डेले बताए ।

शवलाई प्लास्टिकको बोरामा राखेर माटोमा गाडिएको अवस्थामा फेला पारिएको थियो । 

कमेन्ट गर्नुहोस्