प्रधानमन्त्री ओलीद्वारा देशवासीका नाममा सम्बोधन [LIVE]

प्रधानमन्त्री केपी शर्मा ओलीको देशवासीका नाममा सम्बोधन शुरू भएको छ ।

कोरोना भाइरसले विश्वव्यापी महामारी सिर्जना गरेको र नेपालमा समेत त्रास फैलिरहेका बेला प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन शुरू गरेका हुन् ।


Advertisement

प्रधानमन्त्रीको सम्बोधन सरकारी स्वामित्वका सञ्चार माध्यमहरू नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत लाइभ भइरहेको छ ।

कोरोना भाइरसका कारण विश्वभरमा गरी १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।


Advertisement

कोरोना नेपाल भित्रिन नदिन सरकारले नेपालमा समेत विभिन्न औपचारिक गतिविधिमा रोक लगाएको छ ।

हेर्नुहोस्, प्रधानमन्त्रीको सम्बोधन लाइभ :

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्