काठमाडौंबाट मकवानपुर पुगी लुटपाटमा संलग्न भएको आरोपमा ३ प्रहरी पक्राउ

लुटपाटमा संलग्न रहेको आरोपमा ३ प्रहरी मकवानपुरबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत १ जना असई र २ जना जवान मकवानपुरको पालुङबाट पक्राउ परेका हुन् ।


Advertisement

पक्राउ पर्नेमा असई सुरेन बस्याल तथा जावनहरू हेमन्त मगर र वीरबहादुर बस्नेत छन् ।

पक्राउ परेकाहरूमाथि अनुसन्धान गरी दोषी पाइए हदैसम्मको कारवाही गरिने महानगरीय प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए ।


Advertisement

‘उनीहरू कार्यलय समय सकएपछि गएको देखिन्छ, तर प्रहरीको बर्दी लागाएर अपराधमा संलग्न भएको भए हदैसम्मको कारवाही हुन्छ,’ डीआईजी पोखरेलले भने ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्