‘लक–डाउन’ उल्लंघन गर्दै चलाइएका २०० सवारीसाधन प्रहरीको नियन्त्रणमा

प्रकाश आचार्य
प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

सरकारले जारी गरेको ‘लक–डाउन’ आदेशको समयमा आफूखुशी चलाइएका २०० सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार रुपन्देहीका विभिन्न ठाउँबाट मोटरसाइकल, स्कुटर र कार गरी २०० सवारीसाधन नियन्त्रणमा लिइएको छ ।


Advertisement

‘कार्यालयका डीएसपी रामप्रकाश शाहले आफूखुशी त्यहीँ पर जाने हो भन्ने महत्त्वपूर्ण काम केही नबताउने तर गाडी लिएर हिँड्नेलाई नियन्त्रणमा लिइएको हो,’ उनले लोकान्तरसँग भने, ‘नियन्त्रणमा लिएका गाडीहरू के गर्ने भन्नेबाट प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी निर्णयमा पुग्छौं ।’

नियन्त्रणमा लिएका सवारीसाधन इलाका प्रहरी कार्यालय बुटवल, वडा प्रहरी कार्यालय रामनगर र देवदह प्रहरी चौकीमा राखिएको छ । नियन्त्रणमा लिएकामध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् ।


Advertisement

मंगलवार बिहानदेखि मुलुकभर ‘लक–डाउन’ गरेपछि सरकारले जनतालाई घर बाहिन ननिस्कन आग्रह गरेको छ । प्रहरीले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ । अत्यावश्यक कामका लागि हिँडेका गाडीलाई भने चल्ने दिने जनाइएको छ ।

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्