तीन डीआईजी एआईजीमा बढुवा

सरकारले नेपाल प्रहरीका तीन जना नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ।

आइतबारको मन्त्रिपरिषद बैठकले डीआईजी तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।


Advertisement

यसअघि एआईजीहरु पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यातले गत माघ २८ गते अवकाश पाएसँगै तीन एआईजी पद रिक्त भएपनि बढुवा निर्णय हुन सकेको थिएन।

लम्साल हाल सुदूरपश्चिम प्रहरी प्रमुख रहेका छन्, भने क्षेत्री केन्द्रीय प्रहरी प्रवक्ता छन् ।  पाल विशेष ब्युरोको कमाण्ड गरिरहेका छन्। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्