नगरकोटका होटलहरू पनि अब क्वारेन्टाइन

नगरकोटमा रहेका होटलहरू क्वारेन्टाइनको रूपमा प्रयोग गरिने भएको छ ।  संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको संयोजकत्वको गठित क्वारेन्टाइन व्यवस्थापन कार्यदलले बुधवार नगरकोटका होटलहरू निरीक्षण गरेका हुन् ।

मन्त्रालयका सचिव, पर्यटन विभागका प्रमुख पर्यटन वोर्डका प्रमुख, होटल व्यवसायी, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारि सुरक्षा निकायका प्रमुखहरू, चागुनारायण नगरपालिकाका मेयरसहितको जनप्रतिनिधीहरूकाे सहभागिता रहेको थियो ।


Advertisement

टोलीले ११ वटा होटलमा १ हजार जना राख्न सकिने गरी व्यवस्था मिलाएको छ । 

अन्य स्वयसेवक सुरक्षा टिम मेडिकल टिम र विशेष विरामीहरूको लागि थप एक/एक वटा होटल व्यवस्था मिलाएको छ । आवश्यक परेको अवस्थामा नगरकोट क्षेत्रमा २ हजार जनालाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सक्ने अवस्था रहेको छ !


Advertisement

त्यस्तै भक्तपुर स्थित काठमाडौं मेडिकल कलेज दुवाकोटमा क्वारेन्टाइनको लागि ४ सय ५० र आइसोलेसनको लागि ५ वार्ड तयारी अवस्थामा राखिएको छ ।

यस्तै पशुपती क्षेत्रमा रहेको नवनिर्मित धर्मशालामा ७० जनाको लागी क्वारेन्टाइन गर्न सक्ने क्षमताको धर्मशाला तयारी अवस्थामा राखिएको छ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्