कोरोना रोकथाम कोषमा राजपाका सांसदले १५ दिनको तलब दिने

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले १५ दिनको तलब कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।

राजपाका संयोजक शरत्सिंह भण्डारीको निर्देशन बमोजिम सांसदले १५ दिनको तलव दिने भएका पार्टीका महासचिव केशव झाले जानकारी दिए ।


Advertisement

राजपाका प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी हाल १८ सांसद छन् । यसअघि राजपाले विज्ञप्ति निकालेर कोभिडको सङ्क्रमण नियन्त्रणका लागि सरोकार भएका सबैलाई एकजुट हुन अपिल गरेको थियो ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्