रोगप्रतिरोधी क्षमता बढाउन पिउनुस् यस्ता फलफूलका जुस

अहिले विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दो रूपमा फैलिएको छ । नेपालमा पनि हालसम्म तीन जनामा संक्रमण पुष्टि भइसकेको छ ।

विज्ञहरूले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरेमा यस भाइरसको संक्रमणबाट बच्न सकिने बताउँदै आइरहेका छन् ।


Advertisement

रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि विभिन्न प्रकारका फलफूल तथा जुसहरू पिउनु लाभदायक मानिन्छ ।

 यहाँ हामीले रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सहयोग गर्ने केही फलफूल र त्यसबाट बन्ने जुसको बारेमा उल्लेख गरेका छौं ।


Advertisement

यी फलफूलको जुसले बढाउँछ रोग प्रतिरोधी क्षमताः 

पालुंगोको जुस

हरियो सागसब्जीमा पोषक तत्वको मात्रा बढी हुन्छ । पालुंगोजस्तै अन्य हरियो सागपात शरीरका लागि निकै लाभदायक हुन्छ ।

चिकित्सकले नियमित रूपमा हरिया सागपात खान सल्लाह दिँदै आएका छन् । यस्तै हरियो सागपात अथवा पालुंगोको जुस बनाएर आएमा शरीरलाई फाइदा हुन्छ । यसले रोग प्रतिरोधी क्षमताको विकास गर्न सहयोग गर्दछ ।

गोलभेंडाको जूस
इम्यूनिटी पावर बढाउनका लागि गोलभेंडाको जुस अत्यन्तै लाभ दायक हुने चिकित्सकहरू बताउँछन् । गोलभेंडामा फोलेटको मात्रा बढी हुन्छ । जसका कारण शरीरमा कुनै पनि संक्रमणलाई रोक्न सहयोग मिल्छ । शरीरलाई बलियो बनाउनका लागि डाइटमा पनि गोलभेंडाको जुस प्रयोग गर्न सकिन्छ । 

सुन्तला तथा अंगुरको जूस
सुन्तला र अंगुरको जूसले शरीरको प्रणालीलाई मजबूत बनाउनका लागि निकै प्रभावकारी मानिन्छ । भिटामिन सी प्रयाप्त मात्रामा पाइने भएका कारण सुन्तला तथा अंगुरको जुस सेवनले छालामा समेत चमक ल्याउँछ ।

गाँजर तथा अदुवाको जूस
गाँजर तथा अदुवाको जूसले पनि इम्युन सिस्टमलाई मजबुत बनाउँछ । यी दुई चीजलाई मिलाएर जुस बनाएर पिउँदा भिटामिन ए, भिटामिन सी, भिटामिन ईका साथसाथै आइरन तथा क्यालसियम समेत पाइन्छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्