कोरोना कसरी सर्दछ ? कसलाई जोखिम छ ? मृत्युदर कति छ ?

डा. रवीन्द्र पाण्डेको फेसबूकबाट

कोरोना भाइरस कसरी सर्छ ? कस्ता व्यक्तिलाई सर्छ भन्नेबारे जनस्वास्थ्य विज्ञ  डा. रवीन्द्र पाण्डेले केही जानकारी दिएका छन् । 

हेर्नुहोस् उनले दिएका सुझाव यस्ता छन् :


Advertisement

चीनको डाटा अनुसार कोरोना संक्रमितमध्ये ८१ प्रतिशतलाई साधारण लक्षण देखिएर आफै निको भए । लगभग १३.८ प्रतिशतलाई गम्भीर लक्षण देखिएका थिए ।

उनीहरूलाई सास फेर्न गाह्रो हुने तथा अक्सिजन सपोर्ट आबश्यक भएको थियो । ४.७ प्रतिशत क्रिटिकल अवस्थामा थिए जसको मल्टिपल अर्गान फेलियर, स्वाश्प्रश्वास फेलियर तथा सेप्टिक सक भएको थियो । २.३ प्रतिशतको मृत्यु भएको थियो । मृतक अधिकांश ७० बर्षमाथिका तर गम्भीर / दीर्घकालीन रोग भएका थिए ।


Advertisement

सतर्क रहनुपर्ने व्यक्तिहरू :

  • ६५ बर्षमाथिका व्यक्तिहरू ।
  • ती बिरामी जो लामो समयसम्म अस्पताल बसिरहेका छन् ।
  • ती व्यक्ति जसको दीर्घ फोक्सोको रोग छ वा गम्भीर दमको रोग छ ।
  • ती व्यक्ति जसको रोग प्रतिरोधात्मक क्षमता छैन जस्तै क्यान्सरको गम्भीर चरणमा भएका बिरामी ।
  • जो अत्यधिक मोटा छन् र उनीहरूलाई दीर्घ मधुमेह, किड्नी फेल, कलेजोको दीर्घ रोग छ ।
  • गर्भवती महिला जसलाई अन्य दीर्घ रोग छन् ।

तसर्थ अनाबश्यक डर मान्नु जरुरी छैन । पूर्णरुपमा घरभित्र बस्यो भने कोरोना भाइरस सर्दैन । लक डाउनको पूर्ण पालना गरौँ ।

कोरोना भाइरस कसरी सर्दछ ?

  • कोरोना भाइरस मुख्यतया संक्रमितले खोक्दा, छ्युं गर्दा, बोल्दा मुखबाट निस्किने छिटा, कण आदिको माध्यमबाट स्वस्थ व्यक्तिमा सर्दछ ।
  • ती छिटा तथा कण भुइंमा, भित्तामा, सिटमा, टेबलमा, कपडामा पनि जाने भएकोले त्यहाँ छुँदा पनि सर्दछ । अर्थात हातबाट मुख, नाक हुँदै सर्दछ । यो भाइरस आँखाबाट पनि सर्दछ ।
  • हावा ओहोरदोहोर नगर्ने कोठामा यो भाइरस केहि घण्टा रहन सक्छ । यसरी पनि यो रोग सर्न सक्छ ।
  • दिशाबाट पनि यो रोग सर्न सक्ने अनुसन्धानले देखाएको छ ।
  • आँशु, र्याल, सिंगान, खकार, विर्य, योनिश्राब लगायत अन्य ‘ बोडी फ्लुइड ‘ बाट पनि यो रोग सर्न सक्ने अनुसन्धानदाताले बताएका छन् ।
  • छालाको छिद्र, रोमकुप आदिबाट सर्ने / नसर्ने बारे अध्ययन भइरहेको छ ।
लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्