विद्यार्थीले घरमै बसीबसी के पढ्ने ? शिक्षा विकास केन्द्रले जारी गर्‍यो सूचना !

कोरोना भाइरस संक्रमणको खतराले विद्यालय बन्द गरेर देशभर ‘लक–डाउन’ गरिएका बेला स्कूले विद्यार्थीको पढाइ प्रभावित भएको छ ।

कोरोनाका कारण उत्पन्न विषम परिस्थितिका कारण विद्यालय बन्द रहेको अवस्थामा बालबालिकाको पठनपाठन अवरुद्ध हुन नदिन शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक सूचना जारी गरेको छ ।


Advertisement

‘बालबालिकाको सिकाइलाई निरन्तरता दिनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत विभिन्न निकायबाट निर्मित वा अन्य स्रोतबाट उपलब्ध बालबालिकाको निमित्त उपयोगी ठानी सिफारिस गरिएका सामग्रीहरू देहाय अनुसारका वेबसाइटमा उपलब्ध रहेको सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विकास केन्द्रद्वारा जारी सूचनामा उल्लेख छ ।

सूचनामा अगाडि भनिएको छ, ‘उक्त सामग्रीहरूको समुचित उपयोग गरी अप्ठ्यारो परिस्थितिमा पनि बालबालिकाको सिकाइलाई सहजीकरण गर्ने काममा विशेष गरी अभिभावकहरूबाट र सम्बन्धित सबैबाट अग्रसरता प्रदर्शन गरिदिन हुन शिक्षा तथा स्रोत विकास केन्द्रका तर्फबाट सादर अनुरोध छ ।’


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्