दर्ता नै नभएका केही अनलाइनले भ्रामक समाचार सम्प्रेषण गरे : काउन्सिल

प्रेस काउन्सिल नेपालले कोरोना भाइरसबारे केही अनलाइन सञ्चारमाध्यमले भ्रामक समाचार सम्प्रेषण गरिएको पाइएको जनाउँदै कडा कारवाही गर्ने चेतावनी दिएको छ। 

काउन्सिलले बिहीबार विज्ञप्ति जारी गरी सूचना तथा प्रशारण विभागमा दर्ता नै नभएका र काउन्सिललमा सूचीकरणका लागि निवेदन नदिएका केही अनलाइनले संवेदनशीलतालाई रमाइलो विषय बनाएर झुटा समाचार सम्प्रेषण गरेकामा कानूनअनुसार कडा कारवाही गर्ने जनाएको हो।  


Advertisement

‘सार्वजनिक सूचना, अपिल, पत्राचार तथा फोनमार्फत पटक पटक गरेको आग्रहलाई वेवास्ता गरेका कतिपय सञ्चारमाध्यमलाई गरिसकिएको छ, काउन्सिल यस्ता अनलाइइनमाथि पनि कडा कारवाही गर्न बाध्य हुनेछ,’ विज्ञप्तिमा भनिएको छ। केही अनलाइन विदेशमा भएका कोरोना भाइरस सङ्क्रमणका घटनालाई नेपालमै भएको जस्तो गरी शीर्षक राखेर सामग्री राखेको विषय काउन्सिलको स्वअनुगमनबाट देखिन आएको हो। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्