रातको समयमा यसकारण रुन्छन् बच्चा

प्रतिकार्यात्मक तस्वीर।

साना बच्चा प्रायः रातको समयमा रोएको सुनिन्छ । बच्चा दिनभर सुतेर राति रुने हुँदा आमाले भने हैरानी भोग्नु परिरहेको हुन्छ । 

बाहिरी दुनियाँमा आइसकेपछि बच्चाले विभिन्न नयाँ कुराको अनुभव लिइरहेका हुन्छन् । आफ्नो वरिपरी दिनभर केही न केही गतिविधि हुने भएकाले बच्चा त्यतै अल्मलिन्छन् । तर, राति सुनसान हुने हुँदा उसले एक्लो महसुस गर्छ र रुन थाल्छ ।


Advertisement

बच्चाले सानैदेखि सपना देख्ने गर्दछन् । यही क्रममा कहिलेकाँही डरलाग्दा सपना देख्छन्, अनि डराएर अकस्मात ब्युँझिन्छन् र रुन थाल्छन् ।

बच्चाले हरेक दिन नयाँ कुरा अनुभव गर्दछन् । कहिलेकाँही बीचबीचमा असहज अनुभूति गर्दछन् । यसको प्रभावस्वरुप राति रुन थाल्दछन् । 


Advertisement

दिनको समयमा केही न केही कुरामा भुलिरहेका हुन्छन् । तर, राति अध्याँरोदेखि डराएर एक्लो महसुस गर्दछन् । 

बच्चा आसपासको तापक्रम घटबढ हुँदा निद्राबाट ब्युँझिएर रुन थाल्दछन् । 

कतिपय नवजात शिशुमा हाछ्युँ आउने हुन्छ । अनि, निद्रामै एक्कासी अर्धहोस भएर रुन थाल्दछन् । 

बच्चाले निद्राबीच पनि ओछ्यानमै पिसाब फेर्ने गर्छ । यसो हुँदा आछ्यान चिसो हुन्छ । चिसो भएपछि पनि बच्चा रुन थाल्छ । 

साथै सुत्ने ठाँउ आरामदाही नहुँदा पनि उनीहरु रुन्छन् ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्