‘लक–डाउन’मा अनलाइन बिहे, भिडियो कन्फ्रेन्सिङबाट २ बहिनीले गरे विवाह !

कोरोना भाइरस (कोभिड–१९) का कारण अधिकांश मुलुकमा लक–डाउन गरिएको छ ।

लक–डाउनका समयमा दुई जोडीको विवाह भएको खबर अहिले सामाजिक सञ्जालभर चासोको विषय बनेको छ । 


Advertisement

यो घटना भारतको विहारस्थित बेगूसरायको हो । यहाँ दुई दिदिबहिनीको अनलाइनबाट विवाह गरिएको छ । ल्यापटपमा भिडियो कन्फ्रेन्सिङ गरी  दुई दिदिबहिनीको विवाह सम्पन्न गरिएको हो । 

स्थानीय मिदहटोली निवासी मोहम्मद वली अहमद कुरैशीको दुई छोरी नगमा परवीन र राहत परवीनको २५ मार्चमा विवाह तय भएको थियो । यद्यपी २१ दिनको लकडाउन यही अवधिमा छ । 


Advertisement

लक–डाउनलाई समर्थन गर्दै बेहुला र बेहुलीपक्षले अनलाइनबाटै विवाह गर्ने निर्णय गरे ।

२५ मार्चकै दिन कुरैशीकी जेठी छोरी नगमाको नालंदा जिल्लाको शमशाद एवम् दोस्री छोरी राहतको सोही जिल्लाका शाहनवाज आलमसँग अनलाइनमार्फत विवाह गरिएको हो । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्