लक–डाउनको अवधि ७ देखि १४ दिनसम्म बढाउन मन्त्रिरिषद्लाई उच्चस्तरीय समितिको सिफारिश

फाइल फोटो

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले लक-डाउनको अवधि कम्तिमा ७ देखि बढीमा १४ दिनसम्म बढाउन मन्त्रिपरिषद्लाई सिफारिश गरेको छ ।

समितिको आइतवार बसेको बैठकले लक-डाउनको अवधि बढाउन सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।


Advertisement

'लक-डाउनलाई कम्तिमा ७ देखि बढीमा १४ दिनसम्म बढाउन मन्त्रिपरिषद्लाई सिफारिश गर्ने निर्णय भएको छ,' समिति सदस्य समेत रहेका ती मन्त्रीले भने, 'कति दिन थप्ने भन्ने निर्णय मन्त्रिपरिषद् बैठकले लिन्छ ।'

मन्त्रिपरिषद् बैठक आजै अपराह्न ४ बजेपछि बस्ने गरी बोलाइएको छ ।


Advertisement

नेपालमा कोरोनाको दोस्रो संक्रमण पुष्टि भएपछि पहिलोपटक १ साताका लागि लक–डाउन घोषणा भएको थियो ।

अहिले संक्रमितको संख्या बढेर ५ पुगिसकेको छ, त्यसमध्ये १ जना निको भएर घर फर्किसकेका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्