कोरोना संकट जारी रहेमा खाद्यवस्तुको अभाव हुने संयुक्त राष्ट्रसंघको चेतावनी

विभिन्न देशका सरकारले कोरोनाभाइरस संक्रमण रोकथामका लागि अनेकौं उपाय अपनाउँदै जनतालाई सुरक्षित राख्ने कोशिश गरे पनि यी उपायहरूले खाद्यान्नको अभाव हुने देखिएको छ । 

कोरोना संक्रमण चर्किएपछि मानिसहरूले ट्वाइलेट पेपर तथा अन्य सामग्रीहरूको जोहो गर्न तँछाडमछाड गरे अनि केही देशहरूले घरेलु माग पूरा गर्नका लागि निर्यातमा प्रतिबन्ध लगाए । 


Advertisement

‘सरकारहरूले खाद्यवस्तुको प्रवाह रोक्न सक्छन् र त्यसले खराब स्थिति ल्याउन सक्छ,’ म्याक्सिमो तोरेरोले बताए । उनी संयुक्त राष्ट्रसंघको निकाय फूड यान्ड एग्रिकल्चर अर्गनाइजेसनका प्रमुख आर्थिक सल्लाहकार हुन् । 

उदाहरणका लागि रुसले कोदो तथा अन्य खाद्यान्नको निर्यातमा मार्च २० देखि रोक लगाएको छ । छिमेकी मुलुक काजाकास्तानले पीठो, कोदो, चिनी, अनेकौं तरकारी र सूर्यमुखी तेलको निर्यातमा प्रतिबन्ध लगाएको छ ।


Advertisement

संरक्षणवादी उपाय तथा कारोबारमा अवरोधले परिस्थितिलाई झनै खराब तुल्याउने र यसले चरम अशान्ति ल्याउने उनले चेतावनी दिए । 

अर्को समस्या भनेको केही देशमा सीमा बन्द गरिएकाले अनि बन्दाबन्दी गरिएकाले बाली कटाइ गर्नका लागि मजदूर पनि पाइएको छैन । युरोपमा कोरोनाभाइरस फैलिँदा फ्रान्स, स्पेन र इटलीले फलफूल तथा तरकारी पाकिरहेको र टिप्न नपाउँदा बोटैमा कुहिने खतरा रहेको भनी चिन्ता व्यक्त गरेका छन् । 

स्ट्रबेरी र कुरिलो फलाउनेहरूले टिप्न पाएका छैनन् भने गोलभेंडा, लसुन र मटर पनि पाक्ने बेला भएको छ तर टिप्ने मान्छे छैन ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्