निजी विद्यालयले चैत महिनाको शुल्क लिन नपाउने, काेराेना संक्रमितको उपचारमा संलग्न चिकित्सकको बीमा

निजी तथा संस्थागत विद्यालयले चैत महिनाको शुल्क लिन नपाउने भएका छन्।

मन्त्रिपरिषद्को आइतबारको बैठकले कोरोना भाइरसका कारण विद्यालय बन्द रहेकाले शुल्क लिन नपाउने निर्णय गरेको हो। यो निर्णयसँगै शुल्क लिएका विद्यालयले पनि फिर्ता गर्नुपर्नेछ।


Advertisement

त्यस्तै, सरकारले कोरोनाको उपचारमा प्रयोग हुने उपकरण, सेनिटाइजर, पीपीइका आपूर्ति तथा अस्पतालको क्षमता विस्तारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप बजेट विनियोजन गर्ने निर्णय गरेको छ।

कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सकदेखि एम्बुलेन्स चालकसमेतलाई असार मसान्तसम्म २५ लाखको बीमा गर्ने पनि सरकारले निर्णय गरेको छ। 


Advertisement

निजी स्वास्थ्य संस्थालाई आफ्ना सवै सेवा जारी राख्न र २० प्रतिशत छुट दिन व्यवस्था मिलाउने सरकारले जनाएको छ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्