लकडाउन उल्ल‌ंघन गर्ने ७ सय ४० जना होल्डमा

फाइल तश्वीर

सरकारले लगाएको लकडाउन उल्लंघन गर्नेमाथि प्रहरीले कारबाही अभियान तीव्र पारेको छ ।

सोमवार बिहान लकडाउन उल्लंघन गर्ने ७ सय ४० जनालाई होल्ड गरिएको महानगरिय प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक (डीआइजी) विश्वराज पोखरेलले लोकान्तरलाई जानकारी दिए ।


Advertisement

उनका अनुसार काठमाडौंमा ५ सय ६० जना पुरुष तथा ६ सय ५४ जना महिलालाई होल्ड गरिएको छ ।

यस्तै ललितपुरमा ५९ जना पुरुष, ९ जना महिला तथा भक्तपुरमा १८ जना पुरुषलाई होल्डमा कारबाही गरिएको छ ।


Advertisement

डीआइजी पोखरेलका अनुसार उपत्यकाका विभिन्न ठाउँबाट ७ सय ४० सवारी साधनलाई होल्ड गरिएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्