एनआइसी एशिया बैंकले गर्‍याे ५ लाख बराबरको खाद्य सामग्री वितरण

एनआइसी एशिया बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई खाद्य सामाग्री वितरण गरेको छ । 

आइतबार आयोजित एक कार्यक्रमका बीच बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा पाँच लाख रुपैयाँबराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको हो । 


Advertisement

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलज्यूलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए ।

बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा वितरण गरेको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केहि भएपनि राहत मिल्ने विश्वास लिएको छ । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्