अमेरिकामा कोरोनाका कारण १ लाख मानिस मर्न सक्ने ट्रम्पको स्वीकारोक्ति

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसका कारण देशमा एक लाखभन्दा बढी मानिस मर्न सक्ने स्वीकार गरेका छन् । एक लाखभन्दा कम मानिस मरे भने ‘हामी सबैले निकै राम्रो काम गरेको’ ठहरिने उनले बताए । 

अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ डा एन्थोनी फाउचीले सीएनएनको स्टेट अफ द युनियन कार्यक्रममा अहिले विद्यमान आँकडाका आधारमा एक लाख वा त्यसभन्दा बढी अमेरिकीहरूको मृत्यु हुने बताएका थिए । त्यसैको विषयमा ट्रम्पलाई प्रश्न सोध्दा उनको स्वीकारोक्ति आएको हो । 


Advertisement

आइतवार ट्रम्पले ह्वाइट हाउसमा आयोजित एक पत्रकार सम्मेलनमा देशभरि सामाजिक दूरी सम्बन्धी निर्देशिकाहरूलाई विस्तार गर्ने निर्णय लिएको बताए । त्यसअन्तर्गत अप्रिल ३० सम्म ठूला भेलाहरूमाथि प्रतिबन्ध लगाइनेछ । 
पत्रकार भेलामा ट्रम्पले कोभिड–१९ ले ल्याउने सम्भावित मृत्युदरका विषयमा सबभन्दा सही र विस्तृत अध्ययनको निष्कर्ष आफूले पाएको बताए । 

आफूहरूले केही नगरे २० लाखभन्दा बढी केसहरू हुन सक्ने उनले बताए तर वास्तविक संख्या दिएनन् । फाउचीले पनि आइतवार अमेरिकामा कोरोनाभाइरसका लाखौं केसहरू हुनसक्ने बताएका थिए । 


Advertisement

सीएनएनबाट
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्