दैलेखको आठबीसमा स्वास्थ्यकर्मीलाई पीपीई अभाव, प्लाष्टिकको भरमा स्वास्थ्य परिक्षण

शेरबहादुर थापा
शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

दैलेखको आठबीस नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले जोखिम मोलेर स्वास्थ्य परीक्षण गरिरहेका छन्। 

स्वास्थ्यकर्मी प्लाष्टिकले शरिर छोप्ने गरी व्यक्तिगत सुरक्षा किट (पीपीई) प्रयोग गरेर भारतबाट घर फर्केर क्वारेन्टाइनमा बसेकाको स्वास्थ्य स्वास्थ्य जाँच गर्दै आएका हुन्।


Advertisement

भारतबाट आएका ८३ जना आठबीस नगरपालिका वडा १ र २ को क्वारेन्टाइनमा बसिरहेका छन्।  उनीहरुको स्वास्थ्य जाँच गर्न खटिएका स्वास्थ्यकर्मीले पिपिई पनि नपाउँदा समस्या भएको हो।  

नगर स्वास्थ्य इन्चार्ज देवराज तिमिल्सेनाका अनुसार नगरभरी २ सेट मात्रै पिपिई छ।  ३० हजारभन्दा बढी जनसंख्या रहेको आठबीसमा स्वास्थ्यका कर्मचारीको उपस्थिति न्यून रहेको उनको भनाइ छ । ३० जना मात्र कार्यरत रहेको आठबीसमा अहिलेसम्म ४०० भन्दा बढी भारतबाट नागरिकहरु फर्केका छन्।


Advertisement

‘क्वारेन्टाईनमा रहेका व्यक्तिलाई जाँच्ने काम भएको छ । सात्तालामा ४३ जना, सिंगौडीमा ३८ जना भारतबाट फर्केर आएका नागरिकलाइृ राखिएको छ । अन्यत्र राख्ने तयारी भइरहेको छ । कहाँ कसरी कर्मचारी खटाउने भन्नेमा तनाव सिर्जना भइरहेको छ ।’ उनले भने, ‘ कोरोना संक्रमण जाँच गर्ने न उपकरणहरु पर्याप्त छन न त सामाग्रीहरु नै छन् । भारतबाट आएका नागरिकलाइ जाँच गर्नेबेलामा स्वास्थ्यकर्मी आफैं डराउनुपर्ने अवस्था आएको छ ।’ सरकारले दुर्गम क्षेत्र भएको र जनसंख्या धेरै तर स्वास्थ्यकर्मी कम भएको आठबीसमा स्वास्थ्यकर्मी थप खटाउनुपर्ने बताए।

आठबीस नगरपालिकाका मेयर खड्गराज उपाध्यायले कोरोना जाँचका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सामाग्री प्रदेश सरकारसँग माग गरेको बताए । ‘हामी आफैंले अहिले खरिद गर्न सक्ने अवस्था छैन । प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलसँग कुरा गरिरहेको छु । स्वास्थ्यकर्मीहरुकालागि आवश्यक सामाग्रीहरु माग भएको छ। प्रदेश सरकारले दिनेमा हामी आशावादी छौं,’ उनले भने, ‘हाल क्वारेन्टाइनमा बसेका नागरिकको खानपिनको व्यवस्था नगरपालिकाले नै गरेको छ । साढे ६ लाख जति बजेट हामीले नगरपालिका भरि उक्त कार्यकालागि छुट्याएका छौं ।’ उनले नगरपालिकामा स्वास्थ्यकर्मीको मोबाइल टोली नै खटाइएको बताए ।

शेरबहादुर थापा
शेरबहादुर थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्