×

X
Nic Asia
Marvel
Khukuri

क्युबाको स्वास्थ्य प्रणाली संसारकै उत्कृष्टमध्येको एक

काठमाडाैं | असोज ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

क्युबाको स्वास्थ्य सेवा प्रणाली संसारमै उत्कृष्टमध्येको एक मानिन्छ । अचम्मको कुरा त देशको वार्षिक औसत आय ७८२ डलर (नेपालको ८१२ डलर छ) भए पनि क्युबालीहरूको स्वास्थ्य अतिविकसित देशको बराबर नै छ । 

DHARA
LAxmi BAnk

अनि विश्वव्यापी महाव्याधिका बेलामा क्युबाले पीडित देशहरूमा आफ्ना चिकित्सक पठाउने गर्छ । अहिले इटलीमा क्युबाका चिकित्सकहरूले कोभिड–१९ का बिरामीहरूको उपचार गरिरहेका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

क्युबामा राम्रो तालिमप्राप्त तथा गुणस्तरीय चिकित्सकहरू छन् र तिनले देशको उत्कृष्ट स्वास्थ्य सेवा प्रणालीमा काम गर्न पाउँछन् । 

अहिले कोरोनाभाइरसको महाव्याधि चलिरहेको बेलामा पनि क्युबाली चिकित्सकहरू मानिसको घरघरमा गएर स्वास्थ्य परीक्षण तथा सचेतना अभियान गरिरहेका छन् । त्यहाँ अहिलेसम्म १५ जनाको मात्र कोरोनाका कारण मृत्यु भएको छ । 


Advertisment
Bizbazar
Saurya island

क्युबाको स्वास्थ्य सेवा प्रणाली र अन्य देशको प्रणालीमा भएको भिन्नताको कुरा गर्दा क्युबामा स्वास्थ्य सेवालाई नागरिकको आधारभूत अधिकार मानिन्छ र त्यहाँको संविधानमै त्यसको प्रत्याभूति गरिएको छ । उता अमेरिकामा चाहिँ बिरामीलाई ग्राहकको जस्तो व्यवहार गरिन्छ र त्यहाँको स्वास्थ्य सेवा अत्यन्तै महंगो छ । 

क्युबाको क्रान्तिकारी समाजवादी विचारधाराले सरकारलाई नै राम्रो स्वास्थ्य सेवा सुनिश्चित गर्ने अभिभारा सुम्पेको छ ।

Vianet communication
IME BANK INNEWS

क्युबाली चिकित्सकहरू रोग शुरू हुनुभन्दा अगावै रोकथामका औषधि दिन थाल्छन् । अनि रोग लागेमा उनीहरू त्यसलाई बल्झिन नदिनका लागि प्रयास गर्छन् । नागरिकहरूले चिकित्सक भेट्दा लाग्ने खर्चको चिन्ता पनि गर्नुपर्दैन किनकि उपचार निःशुल्क गरिन्छ । 

क्युबामा प्रत्येक १५० नागरिकका लागि एक चिकित्सक उपलब्ध छन् जुन विकसित मुलुकहरूको भन्दा निकै बढीको अनुपात हो । तर यस अनुपातका कारण चिकित्सकहरूको तलब थोरै हुने गरेको भनी आलोचकहरू टिप्पणी गर्छन् । 

मानवीय मिसन अन्तर्गत विदेशमा गएर काम गरेमा चिकित्सकहरूले बढी तलब पाउने सम्भावना हुन्छ । त्यसैले क्युबाले सन् १९६३ देखि यस्ता मिसनमा चिकित्सकहरूलाई पठाउने गरेको छ । अलि पुरानो आँकडा हेर्दा सन् २०१५ मा ३७ हजार क्युबाली चिकित्सकहरू संसारभरिका ७७ देशमा काम गरिरहेका थिए । 

व्यापारमा अमेरिकी प्रतिबन्ध भोगिरहेको क्युबामा चिकित्सकहरूले भित्र्याउने विदेशी मुद्राले क्युबाली सरकारलाई निकै राहत दिने गरेको छ । त्यसैले पनि होला शायद क्युबाले गुणस्तरीय चिकित्सक उत्पादनलाई निकै जोड दिने गरेको छ । 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ११, २०७९

रक्सी र बढी प्रोटिनयुक्त खाना नखाने । -नियमित हल्का शारीरिक व्यायाम गर्ने ।  -धूमपान मद्यपान नगर्ने  -लामो समयको दुखाइ छ भने जथाभावी पेनकिलर नखाने, यसले मिर्गौलालाई खबराब गर्छ ।  -...

असोज १२, २०७९

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

असोज ११, २०७९

दैनिक बिरामीको चाप बढ्न थालेपछि कैलालीको  टीकापुर प्रादेशिक अस्पतालमा शय्याको अभाव हुन थालेको छ । ५१ शय्याको अस्पतालमा दैनिक ५०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । मौसमको परिवर्तनसँगै अस्...

असोज ११, २०७९

बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) को स्तरोन्नति हुने भएको छ । बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सञ्चालनमा रहेको अस्पतालमा २०० बेड थप गर्दै स्तरोन्नति गर्ने...

असोज १०, २०७९

नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियू र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच विद्यार्थीहरूलाई ओपीडी सेवामा ५० प्रतिशत छुट गर्ने सहमति भएको छ । अनेरास्ववियूले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...

असोज १०, २०७९

रूपन्देहीको देवदहमा १० शैयाको नगर अस्पताल सञ्चालनमा आएको छ । देवदहको खैरनीमा रहेको साविक स्वास्थ्य चौकीलाई पूर्वाधार थपेर अस्पताल बनाइएको हो । अस्पतालको सोमवार नगरप्रमुख धुब्र खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङल...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x