लकडाउनमा सिप्रदीको आकस्मिक मर्मत

कोरोना भाइरस रोकथामका लागि सरकारले चैत ११ देखि लागू गरेको लकडाउन कहिलेसम्म लम्बिन्छि यकिन छैन।

लकडाउनमा सार्वजनिक यातायातसँगै अन्य सवारी ठप्प रहेपनि एम्बुलेन्ससहित सवारीसाधन भने गुडिरेहका हुन्छन्। यो अवस्थामा सिप्रदीले अत्यावश्यक सवारीसाधनकोे आकस्मिक मर्मत गरिरहेको जनाएको छ। 


Advertisement

सिप्रदीले आइतबार विज्ञप्ति जारी गरेर भनेको छ, ‘आजको यस मितिमा १०० भन्दा बढी एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा तथा सुरक्षामा खटिएका सवारीसाधन मर्मत गरी सकेको जानकारी दिन चाहन्छौँ। र हालसम्म १६० वटाभन्दा बढी सवारीसाधनलाई पूर्ण सेवा दिइसकेको जानकारी दिन चाहन्छौँ।’

सरकारद्वारा जारी गरिएका नियम पालना गरी आधिकारीक बिक्रेता, सेवा केन्द्र, कर्मचारी २४सै घण्टा काम गरिरहेको उसले जनाएको छ।


Advertisement

 

यस विषम परिस्थितिमा २५ विभिन्न स्थानबाट सेवाका लागि परिचालित सिप्रदीका डेडिकेटेड अधिकारीलाई फोन गर्न सकिने जनाइएको छ। १६६००१५५७७७ वा ९८०१५७५७७७  मा सम्पर्क गर्न पनि सिप्रदीले अनुरोध गरेको छ।   


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्