कोरोनाबाट बच्न विशेष सतर्कता अपनाएर सेवा दिँदै एनआईसी एशिया बैंक

कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न सरकारले घोषणा गरेको लकडाउन कायमै रहेका बेला विभिन्न बैंक तथा वित्तीय संस्थाका सेवा आंशिक रुपमा सञ्चालनमै छन्। 

यो अवस्थामा एनआईसी एशिया बैंकले कोरोना संक्रमण न्यूनीकरण सतर्कताका विधि अपनाएर सेवालाई निरन्तरता दिइरहेको जनाएको छ।


Advertisement

‘बैंकले हालसम्म ५० वटा भन्दा बढी शाखा कार्यालय, कुल ४६१ वटा एटिएम तथा विभिन्न विद्युतीय माध्यमबाट सेवा दिइरहेको छ,’ बैंकका नायव प्रमुख कार्यकारी अधिकृत, प्रमुख सूचना अधिकारी सुधीरनाथ पाण्डेले विज्ञतिमार्फत् जनाएका छन्।


एनआईसी एशियाले अपनाएको सुरक्षाका उपाय 
-बैंकले सामाजिक सञ्जाल, एसएमएस तथा पोस्टरहरू मार्फत कोरोनोको संक्रमण तथा यसबाट सावधानीको उपायका बारेमा जनचेतनामूलक जानकारी दिइरहेको।


Advertisement

-बैंकले सेवा दिइरहेका शाखा कार्यालयमा ग्राहक पुग्नुभन्दा २ घण्टा अगावै औषधि छर्किने गरिएको ।

-ग्राहकलाई मास्क तथा स्यानिटाइजर प्रयोग गर्न सल्लाह दिने गरिएको र स्यानिटाइजरले हात सफा गरेपश्चात मात्र ग्राहकलाई बैंकिङ्ग सुविधा लिन बैंक प्रवेश गराएको ।

-थर्मल गनले ज्वरो (शारीरिक तापक्रम) नाप्ने व्यवस्था गरिएको र तापक्रम उच्च (१०० डिग्री फरेनहाईट भन्दा माथि) भएको खण्डमा तुरुन्त चिकित्सकीय परामर्श लिन सुझाव दिने गरिएको।

-बैंकले विभिन्न विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सेवाहरूलाई हाल निःशुल्क गरिएको। 

-बैंकले ‘डिजिटल हेल्प डेस्क’ तथा प्रादेशिक तथा उपप्रादेशिक क्षेत्रमा ‘ग्राहक सहायता केन्द्र’ को समेत स्थापना गरेको।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्