कोरोनाभाइरस सम्बन्धी फिल्म र सिरीज सार्वजनिक हुँदै

संसारलाई नै आक्रान्त बनाएको कोरोनाभाइरस महाव्याधिका विषयमा फिल्म र सिरीजहरू सार्वजनिक हुन लागेका छन् । 

निर्देशक मोस्तफा केशवारीले कोरोना नामक फिल्म बनाएका छन् । उक्त फिल्म नेटफ्लिक्स लगायत स्ट्रीमिङ सर्भिसमा केही हप्तामै सार्वजनिक हुन लागेको छ । 


Advertisement

‘यसमा भाइरसभन्दा पनि विदेशीप्रतिको घृणालाई लक्षित गरिएको छ । फिल्मले दर्शकहरूलाई एकअर्काप्रति अहिलेको भन्दा भिन्न तरिकाले हेर्न सहायता गर्नेछ । यसले हामीलाई थप एकताबद्ध बनाउन प्रेरित गर्ने आशा छ,’ इरानी मूलका क्यानडेली निर्देशकले बताए । 

फिल्मको शूटिङ फेब्रुअरी १४ मा सकिएको हो र अप्रिल महिनाको अन्त्यसम्ममा स्ट्रीमिङ सर्भिसहरूमा उपलब्ध भइसक्छ, केशवारीले बताए । 


Advertisement

सन्डे टाइम्स पत्रिकामा छापिएको खबरअनुसार, प्रख्यात लेखक स्टिफन किङको उपन्यास द स्ट्यान्डमा आधारित भई टेलिभिजन सिरीज बनाइएको छ र त्यसमा अहिले अन्तिम समयमा कोभिड–१९ उल्लेख गरिने भएको छ । 

त्यस्तै न्युयोर्कमा कोरोनाभाइरसका हटस्पट रहेका ठाउँका विषयमा एन्बीसीका कार्यकारीहरूले मिनीसिरीज बनाउन लागेको पनि सन्डे टाइम्सले दाबी गरेको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्