एसियाली फूटबल संघद्वारा सबै प्रतियोगिता स्थगित

एसियाली फूटबल संघ (एएफसी) ले आगामी २ महिनाका लागि तय गरिएका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगन गरेको छ ।

मलेशियाको राजधानी क्वालालम्पुरमा मुख्यालय रहेको एएफसीले अर्को सूचना नभएसम्मका लागि कुनै पनि प्रतियोगिता सञ्चालन नगर्ने जनाएको हो । 


Advertisement

यसअघि मे र जुन महिनाका लागि विभिन्न प्रतियोगिता सञ्चालन गर्न एएफसीले तालिका सार्वजनिक गरेको थियो । विभिन्न देशले कोरोना भाइरसविरुद्ध लड्नु परिरहेको भन्दै प्रतियोगिता स्थगनको निर्णय लिनुपरेको एएफसीले जनाएको छ । 

सन् २०२० मा हुने भनिएको एएफसी च्याम्पियन लिग र एएफसी कप ग्रूप स्टेज प्रतियोगिता पूरा गर्नेबारे सहभागी देश तथा संघसित समन्वय गरी विकल्प खोज्ने एएफसीले जनाएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्