सानिमा बैंक लिमिटेड र दराज प्रा.लि.विच अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा छुट दिने सम्झौता भएको छ ।
सानिमा बैंकको कार्ड प्रयोगकर्ताहरुले सोमबारका दिन डेविट वा क्रेडिट कार्ड मार्पmत शपिङ्ग गर्दा १०% वा अधिकतम रु.५०० सम्म छुट प्राप्त गर्न सकिनेछ। यो योजना भोली मिति २०७७/०१/२२ गते देखि लागु हुनेछ ।
उक्त सम्झौतामा सानिमा बैंकका तर्पmबाट श्री बिक्रम श्रेष्ठ प्रमुख डिजिटल बैंकिङ्ग र दराजका तर्फबाट प्रवन्ध निर्देशक श्री लिनो एलेरिङ्गले हस्ताक्षर गरेका छन् । यो योजनाले ग्राहकहरु डिजिटल बैंकिङ्ग प्रति आकर्षित हुने विश्वास राखेको छ । यस सम्बन्धि थप जानकारी बैंकको हटलाइन नं ०१–४४४३९०१ बाट प्राप्त गर्न सकिनेछ।
सानिमा बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै घरमै बसी अनलाइनबाटै मुद्दती खाता खोल्न तथा नविकरण गर्ने, अनलाइन खाता खोल्ने, बिजुली/टेलिफोन बिल भुक्तानी लगायतका डिजिटल बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दै आइरहेकोे छ ।
लोकान्तर संवाददाता