- पार्थमणि भट्टराई
अभावै अभाव भो भन्दै चिच्याउने मान्छे
चिन्तनशून्य भाव बोकी सुख खोजी गर्छ,
जीवन जति भौतारिन्छ दुःखै हात लाग्छ ।
आत्माको मिलनले परमात्मा भेटिन्छ रे !
प्राणीको चाहसुख अन्त्यहीन सापेक्षता,
सापेक्ष बाँचेकोले दुःख हात लाग्यो शून्य ।
शून्यको सत्तासित परिचित नभएमा,
मनमा विवेकले धर्म छाडेपछि बन्छ,
अत्यन्तै ठूलो वैचारिक अपचको रोग ।
विचार पचाउने मन रोगी बन्दैन रे !
निरोग शरीरले अन्न पचाएझै हो नै,
अनन्त कुण्ठा, विक्षिप्तता, चिन्ता अपच हुन् ।
उत्तम विचारले लाभ दिन सक्छ मानौ,
संकल्प यदि खुराफाती नभएमा बन्छ,
विधिले शासन वा शासनले सत्ता चल्छ !
कवि :
पार्थमणि भट्टराई
हरिवन, सर्लाही
– – –