श्रममन्त्री यादव हृदय रोग अस्पताल बाँसबारीमा

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव सामान्य स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र पुगेका छन् ।

मन्त्री यादवको स्वास्थ्य सामान्य रहेको र नियमित परीक्षणका लागि अस्पताल गएको उनका प्रेस संयोजक विजय यादवले जानकारी दिए ।


Advertisement

मन्त्री यादवको सचिवालयले उनलाई हृदयाघात भएको भनेर फैलाइएको हल्ला निराधार रहेको पनि जनाएको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्