भारतीय सेना प्रमुखले 'नेपाल कसैको इशारामा चलेको' भन्नु आपत्तिजनक : डा. लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भारतीय सेना प्रमुखको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

जनरल मनोज मुकुन्द नराभनेले लिपुलेक समस्याबारे दिएको अभिव्यक्तिले दुई देशबीचको मित्रतामा सघाउ नपुग्ने अध्यक्ष लोहनीले सोमबार फेसबुकमार्फत बताएका हुन्।


Advertisement

 ‘भारतका जनरल नराभनेले लिपुलेक सीमा समस्याबारे नेपाल कुनै वाह्य शक्तिको इशारामा काम गर्दैछ भन्ने अर्थ लाग्ने अभिव्यक्ति दिनु आपत्तिजनक छ । नराभने जस्तो उच्च पदमा पुगेको व्यक्तिबाट नेपाल आफ्नो राष्ट्रिय स्वार्थ रक्षा गर्न सक्षम छैन भन्ने भावनाको अभिव्यक्ति आउनुले दुई देशबीचको सद्भाव र मित्रता वढाउन मद्दत गर्दैन,’ लोहनीले भनेका छन्।

‘यहाँ हामीले वझ्नु पर्ने कुरा के छ भने भारत र नेपाल दुबैलाई एक अर्काको सद्भाव र सहयोग चाहिन्छ । त्यसैले दुई देशबीच समस्या आउँदा ठन्डा दिमागले विचार गरौं ।’ भारतीय सेना प्रमुखले केही दिनअघि नेपाल भारतबीच सीमा समस्याका बारेमा विवाद नरहेको र अहिले भारतले नेपाली भूमिमा निर्माण नगरेको बताएका थिए । त्यसैगरी उनले अहिले नेपालले भारतले भूमि मिच्यो भन्ने कुरा कसैको इशारामा गरेको बताएका थिए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्