बिक्रम अधिकारी
कालापानि लड्नेहरु , जल्दैछन है ढल्नेहरु
बलमिच्याई मा परे कि त , बल्ल नेता लडे रे त
कहा गयो हाम्रो नक्सा , कहा गयो सिमा
संसद मा त ऐऊटै गर्जन , गर्छन रे त भिम
सब नेता का मुखै बन्द , बेच्यो कि त भुमी
बोल्यो आज कता कता , जन आवाज सुनि ।
कुन नेता ले के के बोले , सब राख्छन रे ऊनि
जनता रुन्छ धुरु धुरु , छाति को बुट सुनि ।
जहीले मज़दूर बुट नै खाने , अब कहा जाने
सड़क बन्दा थाहा नपाऊने , भै गो नेता माने ।
सत्ता मा त भत्ता होला , जनता खाने गोली
लाचार लाग्छ हाम्रा नेता , सुन्दा तिम्रो बोली ।
नालापानि लड्ने बिर ले , सराप्लान कि कतै
आन्दोलन ले राको बाल्छ , ऐक छन जनता सबै
अब नाटक बन्द गरौ , सिमा पर्खाल पारौं
छन रे अझै ऊनका सेना , जहा को त्यही झारौं
नेता तिम्रो खोपिल्टोमा , घाम लाग्यो कि हैन
१२ बर्ष थाहा नपाऊने , के यहा सरकार छैन
जनता मर्दा मजा होला , सिमा ढल्दा के भो
बिर नेपाली चिन भारत , बल्छ राको दे खो ।
बल्छ राको दे खो ।
हाल जापान
– – –