कृषिमा बजेट बढ्छ : मन्त्री भुसाल

फाइल फोटो।

कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले आगामी बजेटमा कृषि क्षेत्रका लागि अघिल्ला वर्षहरुभन्दा बजेट बढाइने बताएका छन्।

नेपाल उद्योग परिसङ्घले सोमबार गरेको वेभिनारमा मन्त्री भुसालले कोभिड–१९ को महामारीका कारण संकटमा परेको कृषि क्षेत्र उठाउन राज्यको भूमिका बढाइने बताएका हुन्।


Advertisement

महामारीका कारण यो क्षेत्रमा संकट देखिएको र त्यसको समाधानका लागि पनि यही क्षेत्रबाट खोजिनुपर्नेमा उनले जोड दिए। कूल ग्राहस्थ उत्पादन (जीडीपी) मा २७ प्रतिशत योगदान रहेको यस क्षेत्रको ६० प्रतिशत जनसङ्ख्या आबद्ध भएको कृषि क्षेत्रलाई दुई प्रतिशत बजेट पर्याप्त नहुने उनले बताए। महामारीका कारण सम्भावित भोकमरीबाट बच्न सरकारले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने अवस्था आएको उनले औँल्याए।
 


Advertisement

कमेन्ट गर्नुहोस्